×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चर्को ब्याज असुलेको भन्दै एनआरएन लघुवित्तका कर्मचारी विप्लव-नेकपाको नियन्त्रणमा, `जनतामारा´ काम गरेको भन्दै `कार्वाही´ !

  • अर्थ सरोकार सम्बाददाता 

अछाम । एनआरएन लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएको छ । संस्थाको अछामको कमलवजार नगरपालिका वडा नं. ७ मा खटाईएका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको हो ।

लकडाउका कारण गरिब जनतालाई जीवन धान्नसमेत धौ-धौ परेका बेला चर्को ब्याज असुलेको भन्दै संस्थाका कर्मचारीलाई गिरफ्तार गरिएको नेकपा अछामले जनाएको छ । यसो त संस्थालाई सो पार्टीले जनताबाट चर्को व्याज नअसुल्न पटक-पटक विज्ञप्ति र फोनमार्फत अनुरोध गरेको थियो । 

यस्तै गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा सो पार्टीले कार्वाही गरेको थियो । साथै जनहित विपरित गतिविधि संञ्चालन गरेका र मौद्रिक निति उल्लंघन गर्ने सवै वित्तिया संस्थाहरुलाई कार्वाही गरिनेपार्टीले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: