Skip to content
LAXMI SUNRISE BANK

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा, करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्वास्थ्य उपकरण खरिदमा सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको कम्पनी ओबीसीआई प्रा.लि (ओम्नी) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ भदौदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो । 
स्वास्थ्य सेवा विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो । विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।
ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले गत चैतमा करीब रु.एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो। मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि विभागले ठेक्का खारेज गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK