
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल बोकेर आएको ट्याकंर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चिरौँदीबाट त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा परेको ट्याकंरका चालक र सह चालक सुरक्षित रहेको नेपाल आयल निगमले जनाएको छ । ना ४ ख २८२२ नम्बरको ट्याकंर आइतबार बिहान दुई बजे दुर्घटनामा परेको थियो । ट्याङ्करको नडुबेको भागमा आगलागी समेत भएको छ ।
उक्त ट्याकंर भदौ २६ गते बरौनीमा लोडभएको प्रारम्भिक जानकारी प्राप्त भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अप्सरा कँडेलको नाममा रहेको उक्त ट्यांकर दुर्घटनाको कारणबारे अनुसन्धान भई रहेको निगमले जनाएको छ । ट्यांकरमा २१ लाख ४० हजार रुपैयाँ बराबरको पट्रोल लोड भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्