×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य, यस्तो छ कारण !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य, यस्तो छ कारण !

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भारत सरकारले प्याज नेपाल पठाउन छाडेपछि नेपालमा प्याजको मूल्य महँगो भएको हो । मूल्य महँगो भएसँगै पसलहरुमा प्याजसमेत पाइन छाडेको छ । 
भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि भारत सरकारले प्याज नपठाएको बताए । यता कालिमाटीका व्यवसायीहरु २९ भदौदेखि अर्थात् सोमबारबाट भारतबाट प्याज नआएको बताउँछन् । कुनै-कुनै पसलमा भएको प्याजलाई पनि व्यापारीले महँगोमा बिक्री गरिरहेका छन् । 
उपभोक्ताबाट व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको पाइएको छ । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: