
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भारत सरकारले प्याज नेपाल पठाउन छाडेपछि नेपालमा प्याजको मूल्य महँगो भएको हो । मूल्य महँगो भएसँगै पसलहरुमा प्याजसमेत पाइन छाडेको छ ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि भारत सरकारले प्याज नपठाएको बताए । यता कालिमाटीका व्यवसायीहरु २९ भदौदेखि अर्थात् सोमबारबाट भारतबाट प्याज नआएको बताउँछन् । कुनै-कुनै पसलमा भएको प्याजलाई पनि व्यापारीले महँगोमा बिक्री गरिरहेका छन् ।
उपभोक्ताबाट व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको पाइएको छ । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्