
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारत सरकारले नेपालमा प्याज पठाउन छोडेपछि नेपाली बजारमा प्याजमा कालोबजारी सुरु भएको छ । व्यापारीले उपभोक्तासंग मनपरी मूल्य लिइरहेका छन् । रातारात प्याजको भाउ ८० रुपैयाँसम्म बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।
यस्तै अनुगमनको लागि बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहक बनेर बजार अनुगमनमा निस्किए । मास्क लगाएर भिडभाड विना नै बल्खु तरकारी बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाईनै व्यापारीले ठगे । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले मन्त्री भट्टट एक सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिरे । त्यसपछि उनी अरु पसलमा पनि पुगे । उनले पसलको अनुगमन गर्दै ४ वटा पसलबाट प्याज किने तर उनलाई सबै व्यापारीले ठगे ।
आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराए र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिए । धेरै मूल्य लिने चार जना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ । उनीहरुलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको पर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्