×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य विभागले बजारबाट जफत गरेको प्याज खाद्यले सर्वसाधारणलाई बेच्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वाणिज्य विभागले बजारबाट जफत गरेको प्याज खाद्यले सर्वसाधारणलाई बेच्ने

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज कम्पनीले सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । 
असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो । बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयअनुसार विभागले प्याज बिक्रीको जिम्मा कम्पनीलाई दिएको हो ।
व्यापारीले ५२ प्रतिकिलोका दरले प्याज किनेको भेटेपछि सोही मूल्यमा कम्पनीलाई बिक्रीको जिम्मा दिइएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । यता प्याज कालोबजारी गर्ने पसलका सञ्चालकलाई कारवाहीका लागि नियन्त्रणमा लिइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: