×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

GLOBAL IME BANK

पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका-७ का ५२ वर्षीय पुरुषको बिहीबार (आज) निधन भएको हो । एक साताअघि बिरामी भएर मिसन अस्पताल तानसेन गएका उनमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उपचारको लागि बुटवल र भैरहवा पुर्‍याइए पनि अस्पतालले भर्ना नलिएपछि पुनः पाल्पा फर्केका थिए ।
बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुनः तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा आइसोलेशनमा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो सँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सँख्या तीन पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: