×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति पर्सा र बाराको गरी ५ सय १० जनाको स्वाब नमूना परीक्षण गएिको थियो । तीमध्ये पर्साका २४ र बाराका २ गरी २६ जनामा मात्र संक्रमण भेटिएको हो । अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाका अनुसार शनिबार राति पर्साको वीरगन्ज महानगरपालिकाका २२ जना, जगरनाथपुर र कालीकामाई गाँउपालिकाका १-१ जनामा संक्रमण पुष्टी भएको हो । 
वीरगन्ज महानगरपालिकामा थपिएका २२ जनामध्ये २ जना सशस्त्र प्रहरी र नबील बैंकका ५ जना कर्मचारी पनि रहेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए । योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ९१ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: