
- अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । पर्साको वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वीरगन्जमा उपचार गराइरहेका पर्साका दुई, बारा र रौतहटका एक-एक संक्रमितको मृत्यु भएको हो ।
उनीहरुमध्ये तीन जनाको आइतबार र एक जनको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रौतहटका ६१ वर्षीय बृद्ध वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय बृद्ध, बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय बृद्धको आइतबार भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय बृद्धको शनिबार अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय १५ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्