
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालनमा आएको छ । अध्यागमन विभागमा कार्यरत कर्मचारीमा कोरोनासंक्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आइतबारदेखि फेरि सुरु भएको हो ।
विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटकहरु नेपालमा अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्किन चाहेमा निःशुल्क राहदानी उपलब्ध गराउने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुको १५ दिनभित्र जरिवाना र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुनेछ ।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने विभागका निर्देशक तिवारीले जनाकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्