×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथ मन्दिर कहिले खुल्छ ? यसो भन्छन् पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडा…! (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पशुपतिनाथ मन्दिर कहिले खुल्छ ? यसो भन्छन् पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडा…! (भिडियो)

Artha Sarokar

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । 
विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उहाँले बताउनुभयो । कार्यकारी निर्देशक डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताउनुभएको छ ।
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उहाँले बताउनुभयो । अहिले नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राखदै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी