×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: आफ्ना कर्मचारी कोरोना संक्रमित भएपछि यसरी चेत्दैछ नेपाल बैंक, हेर्नुहोस् देशभर कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा: आफ्ना कर्मचारी कोरोना संक्रमित भएपछि यसरी चेत्दैछ नेपाल बैंक, हेर्नुहोस् देशभर कहाँ-के भयो ?

अर्थ सरोकार

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले नेपाल बैंकको मुख्य कार्यालयमा औषधि छर्किँदै गरेकोदेखि भक्तपुरको दरबार स्क्वायर सुनसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
नेपाल बैंक लिमिटेडको मुख्य कार्यालय नयाँ सडकमा मङ्गलबार कीटनाशक औषधि छर्किँदै काठमाडौँ महानगरपालिकाका कर्मचारी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा जारी गरिएको छ । 
तनहुँको दमौलीमा अलपत्र रहेको साविक महिला विकास कार्यालय तनहुँको भवन । महिला विकास कार्यालय खारेज भएर स्थानीय तहमा समावेश भएपछि सो भवन अलपत्र अवस्थामा छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुर दरबार स्क्वायर कोभिड ९१९ संक्रमणका कारण भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि सुनसान छ । 
पौवादुङ्मा गाउँपालिका–३ प्याक्लामा सामूहिक तरकारी लगाउन जमीन तयार गर्दै कृषक । स्थानीयवासीले बीज वृद्धि कृषक समूह दर्ता गरेर २२ रोपनीमा जैविक तरकारीखेती गरिरहेका छन् । नमूना खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले रु ४ लाख आर्थिक सहयोग गरेको छ । सो समूहमा ३३ घर परिवार आबद्ध छन् । 
काठमाडौँ उपत्यकाको मौलिक पर्व इन्द्रजात्राका अवसरमा मङ्गलबार सुनसान वसन्तपुरस्थित कुमारीघर । विगत वर्षमा वर्षा र सहकालका देवता इन्द्र र जीवितदेवी कुमारीको पूजाआजा गरी मनाइने इन्द्रजात्रा यस वर्ष कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेकाले मनाइएको छैन । 
म्याग्दी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाले म्याग्दीका बाढी पहिरो पीडितहरुका लागि पठाएको रु ६ लाख मोनामा निवर्तमान अध्यक्ष चक्रबहादुर थापालाई प्रदान गर्दै मोना दक्षिण कोरियाका प्रतिनिधि दिनेश केसी ।
कञ्चनपुरको झलारी बजारमा गोरुगाडा चढेर गन्तव्यतर्फ जाँदै थारु समुदायका नागरिक । थारु समुदायको पूर्खौदेखिको गोरुगाडामा चढेर आफन्त भेटन जाने क्रम रोकिए पनि बन्दाबन्दीका कारण सवारी साधान सञ्चालन नभएपछि गोरुगाडामा जान थालेका हुन् ।
भारतबाट फर्केका कञ्चनपुर, जोनापुरका स्थानीयवासी घर निर्माणका लागि सिमेन्टको ब्लक निर्माण गर्दै । इँट्टाभन्दा सिमेन्टको ब्लक सस्तो पर्ने भएकाले पछिल्लो समय घर निर्माणका लागि ब्लकको प्रयोग बढ्दो छ । 
सशस्त्र प्रहरीको ३६ नम्बर गणका प्रहरी टोलीले मङ्गलबार डोटीमा निषेधाज्ञा अवधिमा विनाकाम घर बाहिर निस्केर बजारमा घुम्नेलाई १५ मिनेट घाममा राखेर सजायँ दिँदै ।
अत्याधिक ट्राफिक जाम हुने अरनिको राजमार्गअन्तर्गत जडिबुटीबाट कोटेश्वर हुँदै सातदोबाटो जाने छुट्टै लेन र कोटेश्वरबाट जडिबुटी हुँदै पेप्सीकोला जाने अर्को लेन बनाउनका लागि धमाधम काम हुँदै । यो सडक निर्माणपछि कोटेश्वर–जडिबुटीमा हुने गाडीको चाप केही हदसम्म कम हुने अनुमान गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: