×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, कोटेश्वरमा व्यवसायी सङ्घद्वारा विरोध प्रदर्शन

PRIME CA

देश बोल्ने फोटो कथा : पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, कोटेश्वरमा व्यवसायी सङ्घद्वारा विरोध प्रदर्शन

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्धदेखि देकोटेश्वरमा व्यवसायी सङ्घद्वारा विरोध प्रदर्शनसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि मङ्गलबार सडकमा रोकिएका सवारी साधन । 
नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरोमा जोखिम मोलेर मोटरसाइकल चलाउँदै यात्रु । 
नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरोमा जोखिम मोलेर मोटरसाइकल चलाउँदै यात्रु । 
नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाइँदै । 
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी तिरानब्बे किमीको सडक सातमोड भन्ने स्थानमा निर्माण गर्दै श्रमिक । वर्षमा चार महिना मात्र सञ्चालन हुने सडक आर्थिक वर्षमा ग्राभेल, चौडा र पर्खाल लगाइ काम सम्पन्न गरेपछि नियमित सञ्चालन हुने सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ । 
दाङको तुलसीपुर उपमहानगरपालिका–१७,चावाखोलाले कटान गरेको खेतीयोग्य जमिन । 
तनहुँको व्यास नगरपालिका–१० स्थित सर्वज्योति माध्यमिक विद्यालयमा अभिभावकका साथमा भर्ना हुन आएका विद्यार्थी । कोभिड–१९ का कारण पठनपाठन बन्द भए पनि विद्यार्थी भर्ना र विद्यालयको आन्तरिक कार्य हुँदै आएको छ ।
कोभिड–१९ को कारण व्यवसायमा प्रत्यक्ष असर पारेकाले सरकारले सहुलियत दिनुपर्ने माग राखी मङ्गलबार काठमाडौँको कोटेश्वरमा व्यवसायी सङ्घद्वारा गरिएको विरोध प्रदर्शन ।
घोडा चढेर घर जाँदै डोटीका एक बालक । सडक यातायातले नछोएका गाउँघरका स्थानीय घोडा चढेर आवतजावत गर्ने गर्छन् ।
भारतमा रोजगारी गरी घर फर्किएका डोटीको दिपायलस्थित पिपल्लामा आइपुगेका नागरिक । दशैँ, तिहार पर्व सुरु भएसँगै डोटीलगायत सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका नागरिक अहिले आफ्नो घर फर्किने क्रम बढ्दो छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: