×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा: बजार नपाएपछि दुध फ्याक्दै कृषक, ग्राहकको प्रतिक्षामा बस्दै फलफूल व्यापारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।   
आजको अंकमा हामीले बजार नपाएपछि दुध फक्दै कृषकदेखि ग्राहकको प्रतिक्षामा बस्दै फलफूल व्यापारीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासी । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो । रथ गावहालसम्म पु¥याउने लक्ष राखिएको छ ।
केरा बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेका दिक्तेल बजारस्थित पुरानो बेस क्याम्पका फलफूल व्यापारी बाबुकाजी कार्की । पछिल्लो समय खोटाङ फलफूलमा आत्मनिर्भर बन्दै गएको छ । 
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाको थलहबाट खाद्यान्न लिएर झार्पातर्फ जाँदै गरेका खच्चड । 
कैलालीको भजनी–८ खल्लाटोलका बाढी पीडितलाई बिहीबार राहत वितरण गर्दै भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी । गत साउन १४ गते आएको बाढीले भजनी नगरपालिकाका एक हजार ७६० घरपरिवार विस्थापित भएका छन् । 
कोभिड–१९ को सङ्क्रमणका कारण बजारमा दूध बिक्री नभएपछि रामपुर नगरपालिका–८ स्थित लक्ष्यधेनु उन्नत गाईफार्ममा सङ्कलित दूध फालिँदै ।
जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको अवधिमा सञ्चालन गरिएका निजी सवारीसाधनलाई विराटनगरको घाँस चोकमा बिहीबार नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राख्दै ट्राफिक प्रहरी । 
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाको थलहबाट खाद्यान्न लिएर झार्पातर्फ जाँदै गरेका खच्चड । 
ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य)को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत विना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा दिँदै । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो ।
रामपुर नगरपालिका– ४, टुनीभन्ज्याङ्गमा बिहीबार सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको प्रदेश-०३-००१-००७१ नम्बरको मिनिट्रक ।
स्याङ्जाको वालिङ नगरपालिका–१३ स्थित बोधीभञ्ज्याङका स्थानीयवासी बाटो निर्माणमा श्रमदान गर्दै । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: