×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निषेधाज्ञाको १४औँ दिन काठमाडौं उपत्यकामा जे देखियो…, सवारीसाधन चेकजाँचमा कडाई, व्यापारीको ढाड सेकियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज निषेधाज्ञा जारी भएको १४ दिन पुगेको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात देखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी भएपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ । तरपनि मानिसहरुले निषेधाज्ञाको पालना पूर्णरुपमा गरेका छन् ।

उपत्यकाका मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिएको छ । प्रहरीले सवारीसाधनको चोकजाँचलाई कडाई पारेको छ । निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई कारबाही स्वरुप दिनभर होल्ड गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो । 
सडकमा अत्यावस्यक सेवा क्षेत्रका एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल ढुवानी लगायतका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन् । अत्यावस्यक वस्तु, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान ९ बजेसम्म खुलेको देखिन्छ भने दिउसोको समयमा पूर्णरुपमा बन्द रहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: