×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खेर जाने कागजबाट यसरी बन्छ…अण्डा राख्ने क्रेट ! महामारीकैबीच धमाधम हुँदैछ काम…! (फोटो-कथा)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

स्याङ्जा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ ।
तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् । खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन । 
नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्राली नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन । स्थानीय ३ जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याउनुभएको हो ।
जिल्लामा कुखुरा पालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लेखनाथ शर्माले बताउनुभयो ।
उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिहरहे कम्पनीले उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, वाग्लुङ, लम्जुङसम्म विक्रि हुने गरेको छ ।
ग्रामिण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था समेत आफैले गर्नुपरेको उहाँले बताउनुभयो ।
कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ ।
पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र करिब ५ घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघर मै गएर किन्ने गरेको छ ।
प्रयोगमा आएका कागजजन्य बस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरु अहिले त्यही कागज विक्रि गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन ।
कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैंयासम्म खरिद गरिरहेको छ ।
फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिलासहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: