×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : अविरल वर्षाका कारण अधिकांश क्षेत्रमा पहिरो, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले अविरल वर्षाका कारण अधिकांश क्षेत्रमा पहिरोदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
अविरल वर्षाका कारण गएराति बेँसीशहर चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका ६ स्थित खरखरेभीरमा गएको पहिरो । पहिरोका कारण बेँसीशहर चामे सडक बुधबार पनि नखुल्ने निश्चित जस्तै भएको छ । 
बागलुङको बडिगाड गाउँपालिका–६ स्थित फूलबारी एग्रो रिसोर्ट । रिसोर्ट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका– ७ मा रहेको वेदुखर्क गाउँ । गत असार ६ गते आएको अविरल बर्षासँगै पहिरो जाँदा १५ घर विस्थापित भएका थिए । बीचमा वर्षा रोकिएसँगै आफ्नै घर फर्किएका त्यस क्षेत्रका नागरिक अहिले वर्षा शुरु भएसँगै पुनः पहिरोको उच्च जोखिममा रहेका छन् । वेदुखर्क गाउँभन्दा करिब ५० मिटर तलबाट तम्घास पिपलधारा हुँदै ढोरपाटन जोड्ने सडक, गाउँको बीच भागबाट तम्घास–सन्धिखर्क तथा गाउँ गाउँको करिब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक खनिएको छ । जसले गर्दा पनि उक्त गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । 
बागलुङको बुर्तिबाङ बजारमा सञ्चालित आरान व्यवसायमा घरेलु हतियार बनाउँदै कालिगढ ।
म्याग्दीको रघुगङ्गा गाउपालिका–७ चिमखोलाको गौडामुनिस्थित पहिरो पार गरेर कुइनेमङ्गलेतर्फ जाँदै गरेका स्थानीयवासी ।
(कोभिड–१९) को सङ्क्रमणको सम्भावित जोखिमका कारण बन्द रहेको अरनिको राजमार्गमा सवारीसाधन सञ्चालन भएसँगै पाँचखाल वडा नं. ५ को खावास्थित स्थानीय बासिन्दाले बगैँचामा फलेको अम्बा र काँक्रोे सडक छेउमा बसेर बिक्री गर्न थालेका छन् ।
काठमाडौँको चाबहिलमा बुधबार सडकमा जमेको पानीमा फसेको ट्रम्पो निकाल्दै ।
कोरोना भाइरसका कारण लामो समयको बन्दाबन्दीपछि रामपुर नगरपालिका कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित सेराफाटमा झुलेको धानको बाला । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: