×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लकडाउन हटेपछि पहिलो पटक अन्तरिक हवाई यात्रा सुरु, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : लकडाउन हटेपछि पहिलो पटक अन्तरिक हवाई यात्रा सुरु, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लकडाउन हटेपछि पहिलो पटक हवाई यात्रादेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई सेवा शुरु भएसँगै सोमबार यात्रुहरु गन्तव्यतर्फ जादै । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारबाट आन्तरिक हवाई सेवा शुरु भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई सेवा शुरु भएसँगै सोमबार यात्रुहरु गन्तव्यतर्फ जादै । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारबाट आन्तरिक हवाई सेवा शुरु भएको छ ।
दिक्तेल–खानीडाँडा सडकखण्ड कालोपत्रका लागि आवश्यक बालुवा तथा गिटी उत्पादन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालन गरिएको क्रसर उद्योग । ठेकेदार कम्पनीको लापरबाहीले लामो समयसम्म अवरुद्ध उक्त सडकखण्डको काम अहिले धमाधम भइरहेको छ । 
कञ्चनपुरको पिपलाडीका किसान घरको आँगनमा धान चुट्दै । धान खेतीलाई आवश्यक पर्ने बर्षाका भएका कारण यहाँ यस बर्ष धानको उत्पादन बढ्ने भएको छ । 
महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा रहेका खाल्डाखुल्डी । ती खाल्डाखुल्डीले सवारी आवागमनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ ।
पाल्पा रामपुर नगरपालिका वडा नं ५ मटेरी बस्ने युवा विजय लम्सालले थालनी गरेको भैंसीपालन व्यावसाय । रामपुर क्षेत्रमा भैंसीपालनमा युवाको आकर्षण बढ्दो छ ।
डोटी जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्ति विरुद्ध एक महिने भण्डाफोर अभियान सञ्चालन गरेको छ । नेकपाको शिखर नगर संगठन कमिटीको बैठकबाट उक्त एक महिने भण्डाफोर अभियानसँगै कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरेको छ । विशेषतः कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त अभियान चलाएको बताइएको छ । 
लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । 
अबिरल बर्षाका कारण रतुवा नदिमा आएको बाढीले कटान तीव्र बनाएको झापाको कमल गाँउपालिका वडा नं ५ स्थित गुहेश्वरीमा कटान रोकथाममा जुट्दै स्थानीय । नदीले पूर्वतर्फ कटान तीव्र बनाएपछि थप जोखिम हुन नदिन बाँसको पाईलिङ गर्न थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले बताउनुभयो ।
भक्तपुर अस्पतालमा सघन उपचार कक्ष अर्थात आईसियू सेवा सुरु भएपछि जिल्ला समन्वय समिति भक्तपुरका प्रम्ख नवराज गेलाललाई यसबारेमा जानकारी दिदै अस्पताल की मेसु डा. सुमित्रा गौतम ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: