×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात महिनापछी प्याराग्लाइडिङ सञ्चालनमा आउँदै, करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको गुनासो ! (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सात महिनापछी प्याराग्लाइडिङ सञ्चालनमा आउँदै, करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको गुनासो ! (भिडियो)

Artha Sarokar

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
पोखरा । कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरुलाई पुनवुकिङ शुरु गर्न नाले प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबर नोक्सानी व्यहोर्नुपरेको नाका महासचिव बलराम आर्चायले बताउनुभयो ।
अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्यारा

ग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । हेर्नुहोस्  भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी