×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति ?

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ  । पोखराका  २९ जना  र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ६ जना महिलासहित २९ जनालाई कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
पोखरा वडा नं १, १६ , ३० र ५ मा १–१ जना संक्रमित भएका छन् भने वडा नं १३ मा २ जना , १२ मा ८ जना , १० मा ७ जना , २७ मा ३ जना , १४ मा २ जना र ८ मा २ जनालाई कोरोना संक्रमण देखिएको छ । एक जनाको भने ठेगाना खुलेको छैन । तनहुँको व्यास नगरपालिका-१ र ४ मा एक जना महिला र एक पुरुषमा संक्रमण भएको छ । संक्रमित सबै यसअघि संक्रमित भएका व्यक्तिहरुको  कन्टयाक्ट ट्रेसिङका आधारमा पुष्टि भएको हो ।  योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी