Skip to content
LAXMI SUNRISE BANK

पोखराका १४ जनासहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति ?

अर्थ सरोकार

पोखरा
  • अर्थ सरोकार सम्बाददाता 

पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार सय ६७ जनाको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा पोखरामा १४ जना र नवलपुरमा ४ जना रहेका छन् । पोखराको वडा नम्बर ५ मा तीनजना, वडा नम्बर १७ मा पाँचजना, वडा नम्बर १५ मा तीन जना, वडा नम्बर ८, १३, २० मा एक–एकजना संक्रमित थपिएका हुन् । त्यसैगरी नवलपुरको विनयत्रिवेणी वडा नम्बर ३ र ४ मा दुई –दुई जना संक्रमित थपिएका छन् । 
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार आठ सय १३ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या एक हजार ८३ छ । निको हुनेको संख्या दुई हजार ६ सय ९७ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK