×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो, संक्रमित प्रहरीको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रहरीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो, संक्रमित प्रहरीको संख्या कति ?

Artha Sarokar

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो तीन सातायता प्रहरीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । प्रहरीमा हालसम्म चार डीआईजीसहित २ हजार ९५३ जनालाई कोरोना संक्रमण देखिएको हो । देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । 
काठमाडौं उपत्यकामा मात्रै ९३९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । १२ सय ६१ उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १५७ र काठमाडौं उपत्यकाका ७८२ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १६५, प्रदेश २ मा १०२, वाग्मती प्रदेशमा १६२, गण्डकीमा ९१, प्रदेश ५ मा १३२, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी