×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका २० प्रहरीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही र दुई प्रहरी निरीक्षकसहित २० जना प्रहरीको कोरोना संक्रमण पुष्टी भएको हो । 
प्रहरी नायब उपरीक्षक शाहीले  सामाजिक सञ्जाल फेसबुकमा भने, ‘म लगायत यस ई.प्र.का. का २० जना मेरा सहकर्मी प्रहरी साथीहरू (कोभिड-१९) बाट संक्रमित भएका छौ । हामीलाई विश्वास छ ,धैर्यता ,आत्मविश्वास र स्वास्थ्य सतर्कताप्रति सचेत रहँदै निको भई यही समाजको शान्ति सुरक्षाका लागि यहाँहरुको सेवामा छिट्टै फर्कने छौं।’ ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको भदौ १८ गते स्वाब संकलन गरिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: