- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबारको कारोबारमा बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
नेप्से र कम्पनी बीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १०% प्रभु बैंक ऋणपत्र– २०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले बताएको छ ।