×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले गर्यो ‘सहयात्रा समृद्दिको’ कर्जा योजना शुभारम्भ, यस्ता छन् विशेषताहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु बैंकले गर्यो ‘सहयात्रा समृद्दिको’ कर्जा योजना शुभारम्भ, यस्ता छन् विशेषताहरु

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । प्रभु बैंक लि. ले “सहयात्रा समृद्दिको (Partnership for Prosperity” नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका सानाउधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगारयुवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमीहरुको बिधमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो ।
सहयात्रा समृद्दिको यो कर्जा योजना उक्त समुहलाइ आर्थिक उन्नति सहित जीवन भरको एउटा वित्तीय आधार र संयन्त्रतयार गर्ने एउटा प्रयास पनि हो । सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायतअन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका बिचबाँचिरहेका छन् । नियमित रुपमाभईरहेको आम्दानीगुमाउनु परेसँगै दैनिकरोजीरोटीको लागीआर्थिक जोहो गर्ननसक्दाअहिले निकै ठूलो आर्थिक दबाबकाबिचआफ्नो घरव्यवहार चलाउनउनिहरु बाध्य छन् । 
अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागिअनलाईन कक्षाहरु संचालन गरिरहेका छन् ।तर शिक्षकहरुले अनलाइनकक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।
यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यका भित्रका महिला सफाटेम्पो चालकहरुलाइ अधिकतम रु १ लाख र बिधालय शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । सोहीक्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाण्डौ उपत्यका भित्रका १० जनामहिला सफाटेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरीएकोे जानकारी गराउँदछौ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाण्डौ उपत्यकाबाहिर पनिक्रमशःलागु गर्दैजाने व्यहोरा जानकारी गराइन्छ ।
“सहयात्रा समृद्दिको”कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता , वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनिसिकुनभन्ने अभिप्राय केन्द्रितगरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: