Skip to content
LAXMI SUNRISE BANK

प्रभु लाइफ इन्स्योरेन्सले असोज २९ मा बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा असोज २९ गते (बिहीबार) बोलाएको छ । उक्त सभा काठमाडौंको म्यारियट होटल, नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । 
सभामा कम्पनीको प्रवान्धपत्र तथा नियमावली संसोधन गर्ने, कम्पनीको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश गरिनेछ । साथै सभामा २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षक नियुक्ति गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK