- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोनाका कारण प्रदेश १ मा हालसम्म ५० जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुने ५० जनामध्ये प्रदेश १ का ३८ जना र प्रदेश २ का १२ जना रहेका छन् ।
प्रदेश १ का ३८ जनामध्ये ११ महिला र २७ जना पुरुष छन् । मोरङका २९, सुनसरीका सात र झापाका दुई जनाले ज्यान गुमाएका हुन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नौ सय ६७ पुगेको छ। अहिलेसम्म दुई हजार एक सय ४२ जना निको भएका छन् ।