×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा थप ११० जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

PRIME CA

प्रदेश २ मा थप ११० जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । प्रदेश २ मा थप  ११० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जनामा संक्रमण पुष्टी भएको हो । नारायणी अस्पताल स्थित पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टी भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जनाए । डेढ वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्मका संक्रमितमध्ये ३० जना महिला छन् । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: