×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमित संख्या ९ सय बढी, संक्रमित संख्या कति ?

PRIME CA

सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमित संख्या ९ सय बढी, संक्रमित संख्या कति ?

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टी भएपछि प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो । सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१०, र कंचनपुर ३७ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ३५, कंचनपुर का १,डोटीका १७,अछामका २६, जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए । कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछाम १, बझाङ्ग २, बाजुरा २ र कैलाली मा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए । योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७८१ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: