×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा ५ हजार बढीले जिते कोरोनालाई, मृत्यु हुनेको संख्या १३ पुग्यो

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिम प्रदेशमा ५ हजार बढीले जिते कोरोनालाई, मृत्यु हुनेको संख्या १३ पुग्यो

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ । बिहीबारसम्ममा  निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो । निको भएर घर गएका मध्ये अछाममा ९१६, बैतडीमा ३२८, बझाङ्गमा ३८९, बाजुरामा ४५१, डडेल्धुरामा ३१६, दार्चुलामा ४६, डोटीमा ९३६, कैलालीमा १७४४ र कञ्चनपुरमा ७२९ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कैलालीका २४, डडेल्धुराका १, डोटीका ४, बझाङ्गका ७ र बैतडीका १० जनामा संक्रमण पुष्टि भएको उनले बताए । सकृय संक्रमितमा अछाममा १००, बैतडीमा ७९, बझाङ्गमा ९५, डडेल्धुरामा १६, दार्चुलामा ३१, डोटीमा १३२, कैलालीमा ४७६ र कञ्चनपुर ३३ जना रहेका छन् ।  कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि १३ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: