×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए, ५२ जना भए ‘डिस्चार्ज’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए, ५२ जना भए ‘डिस्चार्ज’

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । प्रदेश १ मा सोमबार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ ।
प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । योसंगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: