
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । प्रदेश १ मा सोमबार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ ।
प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । योसंगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्