
बारा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पुर्याएको छ । अविरल वर्षाले बारामा आठ घर भत्किएको छ भने हजारौँ हेक्टरमा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वर्षाले कुल्हबी नगरपालिका–७ महुआसपुरका देवराज मुखियाको कच्ची घर भत्किएको बताउनुभयो ।
यसैगरी बाराको पचरौता नगरपालिका–१ पिपरपातीका बुनिलाल पसवानको, सोही ठाउँका सुरेन्द्र पासवानको, सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका छविलाल यादवको र गढीमाई नगरपालिका–४ मलाहीका राअसिस साह कानुको घर भत्किएको छ । महागढीमाई नगरपालिका–२ रामनाथ कुशवाहाको घर भत्किएको छ । घरबारविहीन भई ओत लाग्ने ठाउँ नभएकाले छिमेकीको घरमा बास बस्न बाध्य भएको उहाँले राससलाई बताउनुभयो ।
पर्साको ठोरी गाउँपालिका–१ बस्ने रामाकुमारी कुवँरको पक्की घर वर्षाले भत्काउँदा रु आठ लाख बराबरको क्षति भएको छ । कुवँरले घर भत्किँदा घरका सबै सामान क्षति भएको, बस्ने ठाउँ नहुँदा छिमेकी सुभद्रा रिमालको घरमा शरण लिएको बताउनुभयो । वर्षाले व्यापक क्षति भए पनि मानवीय क्षति नभएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी वर्षाले रौतहटको लालबकैया, वाग्मती, झाझर खोला र चाँदी खोलामा पानीको बहाव उच्च भएपछि बौधीमाई, परोहा, इशनाथ, राजपुर र कटहरीया नगरपालिकाका अधिकांश भूभाग जलमग्न भएपछि त्यहाँका धान तथा तरकारी बालीमा क्षति भएको स्थानीय प्रहरीले जनाएको छ । अविरल वर्षाले कच्ची सडक हिलाम्य भएपछि मानिसलाई आवतजावतमा समस्या परेको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्