×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोभिडको संकटका बेला संघियताको औचित्य पुष्टी भयो’ : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘कोभिडको संकटका बेला संघियताको औचित्य पुष्टी भयो’ : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो रिपोर्ट)

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधानले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तिय पाटोबाट संघियता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ । नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तिय, प्रशासनिक र कानूनी हिसाबले संघियता स्थापना भइसकेको बताउनुभयो । प्रशासनिक संयन्त्र केन्द्रिकृत प्रशासनको ढाँचाबाट आएकाले स्थानीय तहमा केही समस्या भएपनि अहिले कोभिडको संकटका बेला संघियताको औचित्य पुष्टि भएको बताउनभुयो ।
सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान लेख्नु आफैमा उपलब्धी भएपनि त्यसमा लेखिएको कुराहरुको कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताउनुभयो । संघियता, सहभागितामुलक प्रजातन्त्र, सामाजिक न्यायका आधारभूत विषयहरुमा हामीले कति उपलब्धी हासिल गर्न सकेका छौँ त्यसको निर्मम मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले लोकसेवा आयोग, निजामति सेवा ऐन, नागरिकता ऐन समयमै नआउँदा समस्या भएको बताउनुभयो । संसदले आफ्नो प्राथमिकतामा राखेर यी ऐनहरुलाई अगाडी बढाउनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।
संविधानविद सूर्य ढुंगेलले राजनीतिक दलहरुले संवैधानिक आयोगमा गर्ने नियुक्तिले जनतामा चरम निराशा छाएको बताउनुभएको छ । आयोगका पदाधिकारी नियुक्ति गर्दा उपयुक्त र योग्य व्यक्ति छान्नुपर्नेमा त्यसो हुन नसक्दा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरु नै भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने संयन्त्रका रुपमा अगाडी बढिरहेको सन्देश जनतामा गएको बताउनुभयो । पार्टीका नेताहरुले आफु अनुकुल व्यक्ति नियुक्ति गर्दा संविधानको सफल कार्यान्वयनमा समस्या देखिएको उहाँले बताउनुभयो ।
आज संविधान जारी भएको ५ वर्ष पुरा भएको छ । संविधान दिवस (राष्ट्रिय दिवस)का अवशरमा देशभरी नै विभिन्न कार्यक्रम गरिएका छन । हेर्नुहोस् भिडियो : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: