×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । विद्यालयको शुल्क नतिरेको भन्दै प्रिन्सिपलले एक अभिभावकमाथि निर्घात कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।
प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् । घटनालगत्तै पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा राजनीतिक दबाबले उजुरी दर्ता नभएको र भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता भएको छोरा भरतले जानकारी दिए ।
प्रिन्सिपलले लकडाउनका बेला आठ वर्ष पुरानो बक्यौता शुल्क तिर्न भनी कृष्णप्रसादलाई दबाब दिइरहेका थिए । कृष्णप्रसादका दुई छोरा रामप्रसाद र लक्ष्मणले २०६९ सालमा एसएलसी दिएका थिए । एसएलसी दिएका दुवै छोरा अनुत्तीर्ण भएकाले विद्यालयले शुल्क नमागेको होला भनेर बसेको अवस्थामा चार महिनाअघि मात्र एक्कासी शुल्क तिर्न दबाब दिएको भरतले बताए । प्रिन्सिपल कुँवरले ५५ हजार बक्यौता छ भनेका तर बुबाले ३५ हजार तिर्न बाँकी रहेको र लकडाउन खुलेपछि १० हजार दिने भनेपनि नमानेर कुटपिट गरेको उनले बताए ।
२८ साउनमा रानीनगर बजार गएका बेला पिछा गरेर प्रिन्सिपलले समातेर धकेल्दै विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा लगेर हात बटारिदिएर गर्धनमा हान्दा लडेर खुट्टा भाँच्चिएको भरत बताउँछन् । तिर्नुपर्ने सबै पैसा अहिले नै दिन्छस् कि दिँदैनस् भन्दै प्रिन्सिपलले कुटपिट गरेको भरतले बताए ।
पीडित परिवारले भदौ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता गरेका थिए । तर, प्रहरीले कुँवरलाई अझैसम्म पनि पक्राउ गर्न सकेको छैन । राजनीतिक शक्तिको आडमा प्रहरी प्रशासन पनि प्रभावित भएर प्रिन्सिपललाई पक्राउ नगरिएको पीडित परिवारको आरोप छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: