
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले वार्षिक साधारणसभा भदौ २६ गते डाकेको छ । कम्पनीको उक्त सभा रजिष्टर्ड कार्यालय वीरगंज, पर्सामा बिहान ११ बजे हुने भएको छ ।
कम्पनीले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीले बीमा समितिको प्रावधान अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लगानीकर्तालाई लाभांश वितरण प्रस्ताव गर्न नसकिएको जनाएको छ ।
उक्त सभामा कम्पनीले विशेष प्रस्ताव मार्फत संस्थापक शेयरधनीहरुको समूहमा ८० प्रतिशतको शेयर स्वामित्व र सर्वसाधारण समूहमा २० प्रतिशतको शेयर स्वामित्व रहेकोमा संस्थापक समूह ८० प्रतिशतबाट घटाई ६० प्रतिशत पुराउने र सर्वासाधारण समूहमा २० प्रतिशतबाट बढाई ४० प्रतिशतमा परिणत गर्ने भएको छ ।
कम्पनीले सभा प्रयोजनको लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्