- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली सेनाका प्रधानसेना पूर्णचन्द्र थापाको सेल्फ क्वारेन्टाइनमा बसेका छन् । थापाको निवासको भान्सामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएपछि उनी आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।
थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ क्वारेन्टाइन’मा बसेको जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।