×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनपरी मूल्य लिन थालेपछी पर्सा प्रशासनले तोक्यो प्याजको मुल्य, अब कति पर्छ ?

PRIME CA

मनपरी मूल्य लिन थालेपछी पर्सा प्रशासनले तोक्यो प्याजको मुल्य, अब कति पर्छ ?

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सा प्रशासनले महँगो मूल्यमा प्याज बेचिरहेका व्यवसायीलाई कारवाही गर्न थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले यस्तो गर्न थालेको हो । 
प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता बताउछन् । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए । स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी रु ६५ र खुद्रा मूल्य प्रतिकेजी रु ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 
यसअघि व्यापारीहरुले प्रतिकेजी रु १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: