
- अर्थ सरोकार सम्बाददाता
प्युठान । प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । उनलाई कोरोना पुष्टी भएपछी स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ ।
गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए । कोरोना सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब सङ्कलन गरी पठाउनका लागि स्वास्थ्यचौकीबाट प्रदान गरिएको सेवाहरु बन्द भएको हो ।
शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला भैरहवामा परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्