×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौसम : आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने, शनिबारदेखि पानी कम पर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मौसम : आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने, शनिबारदेखि पानी कम पर्ने

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले अस्ति बेलुकीदेखि नै झरी परेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज र भोलि देशभरिकै मौसम एकैछिन खुले पनि फेरि पानी परिहाल्नेछ । अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा निकै ठूलो पानी परिरहेको छ भने अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँले बताउनुभयो । 
पर्सि शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि उहाँले बताउनुभयो । तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना छ । शनिबार पनि प्रदेश १ र २ का थोरै ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मानन्धरको भनाइ छ । यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ । सामान्यतयास् सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: