×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलाई राजदूतहरूको सुझाव – ‘हजारौं नेपाली स्वदेश फर्कन तयार छन्, उडान संख्या बढाऊ’ (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सरकारलाई राजदूतहरूको सुझाव – ‘हजारौं नेपाली स्वदेश फर्कन तयार छन्, उडान संख्या बढाऊ’ (भिडियो रिपोर्ट)

Artha Sarokar

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन । कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपालीहरु फर्किन तयार रहेकाले उडानको संख्या बढाउनुपर्ने सुझाव राजदूतहरुको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारहरुको अवस्थाका विषयमा समेत जानकारी गराएका छन ।
मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किएपनि अझै करिब ८ हजार फर्किने तयारीमा रहेको बताउनुभयो । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको उहाँले बताउनुभयो । दर्शै तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ वटा नियमित उडान आवश्यक पर्ने उहाँको भनाई छ । उहाँले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताउनुभयो । अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरु घर फर्किन नपाएको उहाँले बताउनुभयो ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहाने नेपालीहरुको संख्या धेरै नभएपनि समस्यामा परेकाहरुलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताउनुभयो । करिब १४ सय जना अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उहाँले सकेसम्म निरोगी व्यक्तिहरुलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको बताउनुभयो ।
कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका बताउनुभयो । अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किको उहाँले बताउनुभयो ।
कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरुले समस्या भोगिरहेको बताउनुभयो । उहाँले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुन सक्ने बताउनुभयो । २० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको उल्ल्ेख गर्दै उहाँले अझै प्रतिदिन १ सय ५०ले बढेको उहाँले बताउनुभयो । दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाँडको समयमा फर्किन चाहानेहरु समेत समस्यामा पर्ने उहाँले बताउनुभयो । साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताउनुभयो । उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरुले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको बताउनुभयो । स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरुलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड-१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरको निर्णअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको बताउनुभयो । अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले दशैको समयमा चाप बढ्न सक्ने बताउनुभयो ।
राजदूतहरुले इलिगल कामहरु बढी समस्यामा पर्ने गरेको बताएका छन । नेपालमा नै सम्बन्धि देशहरुसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन । विशेष गरी घरेलु कामदारहरुलाई आफु जाने देशको प्रचलित कानून र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरुको भनाई छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी