×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टी भएको हो । 
उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टी भएको छ ।
जसमा कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । योसँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १४१ पुगेको छ । सोमध्ये ८७ डिस्चार्ज भएका छन् । अब जिल्लामा सङक्रमितको संख्या ८७३ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: