×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईको काम बैंकले समयमा गरेन ? राष्ट्र बैंकमा यसरी गर्नुहोस् उजुरी…

PRIME CA
GLOBAL IME BANK

के तपाईको काम बैंकले समयमा गरेन ? राष्ट्र बैंकमा यसरी गर्नुहोस् उजुरी…

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीको गुनासो सुन्न नेपाल राष्ट्र बैंकले छुट्टै समितिको गठन गर्नेभएको छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रका ग्राहकको गुनासो सुनुवाई गर्न पहिलो पटक कार्यविधि बनाएको छ । राष्ट्र बैंकले सोमबार ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको हो । 
जस अनुसार अब बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्ने ऋणी र निक्षेपकर्ताले यो कार्यविधिअनुसार राष्ट्र बैंकमा गुनासो बुझाउन सक्नेछन् । कुनै पनि पक्षलाई मर्का परेको खण्डमा सो सम्बन्धमा सुनुवाइका लागि राष्ट्र बैंकले गठन गरेको समितिले छलफल गरेर समाधान गर्नेछ । 
राष्ट्र बैंकले ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोबार लगायतका नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्न यो कर्यविधि ल्याएको हो कार्यविधिले वित्तीय ग्राहकको हित संरक्षण, समान व्यवहार, खुलासा, पारदर्शिता, जवाफदेहिता र गुनासो सुनुवाइ एवं विवाद समाधान गर्नेछ । गुनासो व्यवस्थापनका लागि वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा समिति बनाइएको छ । 
समितिमा अर्का डेपुटी गभर्नर, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सदस्य हुनेछन् । यसबाहेक अर्थ मन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, एफएनसीसीआइका अध्यक्ष पनि हुनेछन् भने नियमन विभागका निर्देशक सदस्य सचिवलगायतका हुनेछन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: