×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरिने !

अर्थ सरोकार

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरिने !

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना पुष्टी भएपछी बैंकको सेवा एक साताका लागि सेवा बन्द गरिएको छ ।
प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर गर्दा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एक जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए । 
संक्रमित कर्मचारीको अहिले आइसोलेसनमा उपचार भइरहेको छ । प्रबन्धक ढुङ्गानाले बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: