×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछी बामदेव गौतमले भने – ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन’ (भिडियो)

PRIME CA
GLOBAL IME BANK

राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछी बामदेव गौतमले भने – ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन’ (भिडियो)

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बिहिबार मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । बिहिबार राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । 
सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताउनुभयो । उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको संकल्प पुरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियसभामा आफुले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो ।
फागुन देखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुनुभएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: