×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा निषेधाज्ञाको ब्यापक उल्लङ्घन, सयौंको संख्या भेला भएर रातो मच्छिन्द्रनाथको रथजात्रा निकालियो ! (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ललितपुरमा निषेधाज्ञाको ब्यापक उल्लङ्घन, सयौंको संख्या भेला भएर रातो मच्छिन्द्रनाथको रथजात्रा निकालियो ! (भिडियो)

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यस पछि नरहेको भन्दै आज राथजात्रा निकालेका हुन् । रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो ।
‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन शुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन । तरपनि साउन १० गते नागमपञ्चमीको दिन दिउँसो १२ बजेको शुभसाइतमा रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।
रथमा विराजमान गराइएको चारदिनपछि रथजात्रा शुरु गर्नुपर्छ । तर कोभिड १९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ बिराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी