×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा कर्फ्यूकै बीच रातो मच्छिन्द्रनाथमा क्षमा पूजा गरियो, आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानिने ! (भिडियो रिपोर्ट)

PRIME CA

ललितपुरमा कर्फ्यूकै बीच रातो मच्छिन्द्रनाथमा क्षमा पूजा गरियो, आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानिने ! (भिडियो रिपोर्ट)

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो । ४ महिना लामो लक डाउन र भदौ ३ गतेबाट जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको छैन । विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ ।

रथयात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोड्पछि हिजो प्रहरीसँग झडप भएको थियो । आज ललितपुरमा कफ्र्यु समेत लगाइएको छ । संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो ।
बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: