
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटमा निषेधाज्ञाको समय थप भएको छ । कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी हुने भएको हो । गत भदौ १४ गते स्थानीय प्रशासनले जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ ।
यस अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन चलाउन पाइने छ । अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । त्यसैगरी होटेल, रेस्टुरेन्ट जिमखाना, सैलुन , ब्युटीपार्लर , हाटबजार भने खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्