- अर्थ सरोकार सम्बाददाता
रौतहट । मंगलबार रौतहटका थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
२३ संक्रमितमध्ये गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारी, गुरुडाकै सिभिल बैंकका चार कर्मचारी, सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयका एक जना रहेका छन् ।
यस्तै माधवनारायण नगरपालिका-३ र ४ का एक/एक जना, गरुडा नगरपालिकाको विभिन्न वडाका नौ जना, चन्द्रपुर नगरपालिका/६ मा एक जना रहेका छन् ।