Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको बर्दिया गुलरिया शाखाका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सील !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददता 

बर्दिया । राष्ट्रिय वाणिज्य बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बर्दियाको गुलरिया बजारमा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कार्यालयमा कार्यरत एक जना कार्यालय सहायक र एक जना कर्मचारीमा संक्रमण पुष्टी भएपछि बैंकको शाखा अनिश्चितकालका लागि सील गरिएको छ । यद्यपी संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण प्रसाद ढकालका अनुसारबैकमा कार्यरत सबै कर्मचारीहरूको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएका कारण अनिश्चितकालका लागि बैकको शाखा सील गरिएको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK