Skip to content
LAXMI SUNRISE BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । 
कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्ति गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी गराएकाे छ । 
अब उप्रान्त कम्पनीकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सनराइज क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK